नारायण खड्काको प्रश्नमा ओलीले भनेः प्रश्न कहाँ छ फेला पारिनँ‚ सुझावपत्र हो ?

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद नारायण खड्काले प्रश्न सोधेपछि प्रश्न हो कि सुझाव पत्र हो भन्दै कटाक्ष गरेका छन् ।

आज बिहीबारको बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची अनुसार ओली रोस्टम उभिएका थिए ।

पहिलो प्रश्नकर्ता खड्काले ९ मिनेट भन्दा बढी समय लिएर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले प्रश्नै फेला पार्न नसकेको बताएका थिए । त्यसपछि सदनमा हाँसो गुन्जियो ।

उनले भने, ‘प्रश्न कहाँ गर्नुहुन्छ भनेर ध्यान पूर्वक सुनेको थिए । प्रश्न फेला पार्नै मुस्किल भयो‚ सुझाव पत्र जस्तो छ । प्रश्नमा सोलुसन आफैँ आएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us