आरजुले भेटिन् राखी बाँध्ने गरेकी भाजपा नेता चौथाइवाले

काठमाण्डु टुडे २०८१ भदौ ६ गते ८:४३ मा प्रकाशित

नयाँदिल्ली, ६ भदौ– भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई भेटेकी छन् ।

उनीहरुबीच बुधबार नयाँदिल्लीमा भेटवार्ता भएको हो । थौचाइवालेलाई राणाले केही वर्षअघि जनैपूर्णिमाका दिन राखी बाँधेपछि त्यसको चर्चा भएको थियो । भेटमा चौथाइवालेले परराष्ट्रमन्त्री नियुक्त भएकामा राणालाई बधाई दिए ।

राणाले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us