मकवानपुरमा भैंसीको आक्रमणबाट बाघको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ६ गते ८:०७ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– मकवानपुरमा भैंसीले बाघ मारेको छ ।

मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको भैंसीले बिहबार राति बाघ मारेको हो ।

घटनास्थलको प्रकृति हेर्दा आक्रमण गर्न आएको बाघलाई भैंसीले मारेको देखिएको प्रहरीले जनाएको छ ।

बाघ भैंसी गोठमा मृत अवस्थामा भेटिएको छ । भैंसी भने घाइते अवस्थामा छ । घटनापछि पर्सा बन्यजन्तु आरक्षका कर्मचारी र सुरक्षार्थ तैनाथ सेनाको टोली आएको छ ।
मृत बाघ नेपाली सेनाको टोलीले लिएर गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us