झापा, ५ भदौ – झापा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका-४ दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् ।
झापा प्रहरीका सूचना अधिकारी डिएसपी कृष्णबहादुर चन्दले इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घर खानतलासी गर्ने क्रममा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद गरेको जानकारी दिए । कटुवा पेस्तोलसहित आङदेम्बेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।