झापा, ५ भदौ- झापामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।
शिवसताक्षी नगरपालिका–८ का ओमप्रकाश अधिकारीले श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेका हुन् । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले सामान्य घरायसी विवादमा ओमप्रकाशले मंगलबार धारिलो हतियार प्रहार रञ्जनाको हत्या गरेका हुन् । ओमप्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए ।