लेदोसहितको बाढीमा फस्यो बस

काठमाण्डु टुडे २०८१ भदौ ४ गते २०:४० मा प्रकाशित

गुल्मी, ४ भदौ – गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्याएको छ ।

रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बाढीले उक्त राजमार्गको तम्घास-बुटवल सडकमा गुडिरहेको लु१ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ । सबै यात्रु बसबाट सकुशल बाहिर निस्किएका छन् । सो राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा सडक विस्तार संगै स्तरोन्नतिको काम भइरहेको छ ।

वर्षायाममा भइरहेको सडक बिस्तार को कामले अहिले सडक हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us