पाँच संसदीय समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ भदौ ४ गते ९:५१ मा प्रकाशित

काठमाण्डु , ४ भदौ-आज पाँच  संसदीय समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभातर्फका ३ वटा र राष्ट्रिय सभातर्फका दुईवटा समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभातर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरि बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने कार्यसूची छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्ने कार्यसूची छ ।

बैठकमा समितिको कार्यविधि, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बस्ने कार्यसूची छ ।

बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यस्को प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us