काठमण्डु, ४ भदौ– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको उनी सवार कर्णाली प्रदेश–०२००१ख१०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटना भएको थियो ।
कार्कीको नेपालगञ्जमा उपचारका क्रममा मंगलबार बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । कार्की माओवादी केन्द्रको तर्फबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए ।