सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी थुनियो

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १८:५७ मा प्रकाशित

सिन्धुपाल्चोक, ३ भदौ– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा सोमबार सुख्खा पहिरो गएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सोमबार सूचना जारी गर्दै सुख्खा पहिरो खसेको बताएको हो । पहिरोका कारण इन्द्रावती बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको छ । नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका ७ र ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिकाको १०, ११ र १२ नम्बर वडाका तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us