संविधान संशोधन गर्दा जनताका अधिकार कटौती हुँदैन: उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्दा जनताका अधिकार कटौती नहुने दाबी गरेका छन । श्री नेवास् सम्पर्क समूह रामेछापले काठमाण्डुमामा आज सोमबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन ।

सिंहले गत असार १७ गते कांग्रेस–एमालेबीच संविधान संशोधनलगायत ७ बुँदे सहमति भएको थियो । त्यसतर्फ लक्षित गर्दै कतिपयले कांग्रेस–एमालेले सत्तामा पुगेर जनताका अधिकार कटौती गर्न खोजेको अभिव्यक्ति दिएकोले त्यसमा सत्यता नभएको उनले बताएका छन ।

उनले भने, ‘कांग्रेस र एमालेले जनताको अधिकारका लागि लडेर आएका हुन्, ‘जनताका अधिकार खोस्ने काम भइरहेको प्रचारमा सत्यता छैन। कांग्रेस र एमालेले जनताको अधिकार दिलाएको हो।’

उनले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठूला दल मिलेर सरकार बनाएको पनि बताएका छन । सरकारले जनअपेक्षाअनुसार काम गर्ने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us