जयशंकरसँगको भेट फलदायी भयो: परराष्ट्रमन्त्री राणा

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको जानकारी दिएकी छन । राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन ।

उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो ।

यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’ परराष्ट्रमन्त्री राणा हाल भारत भ्रमणमा रहेकी छन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको यो पहिलो भ्रमण हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us