सुनसरीमा एक जनाको हत्या, शंकास्पद तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us