धरौटीमा छुटे नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– नेताहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाण्डुको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।

उनी गत १४ साउनमा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए ।

२८ वर्षीय खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको काम गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए । खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ बयान दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us