काठमाण्डु, ३ भदौ– चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवा घर भई हाल चितवनको रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ रहेका छन ।
खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन । मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।