काठमाण्डु, ३ भदौ– आज सोमबार समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिएका छन ।
मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने श्रेष्ठले जानकारी दिएका छन ।
यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो । साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो । तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन ।