महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २ गते १८:०८ मा प्रकाशित

काठमाण्डु,२ भदौ– महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ लोहारपट्टी बस्ने २४ वर्षीय आरिफ शेखको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बलबा नगरपालिका–११ रौजा बस्ने नुख्तार शेखको साउन्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us