काठमाण्डु,२ भदौ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई कारागार चलान गरीएको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको हो ।
अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डु एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।
झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।
भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ । ६६ वर्षीय झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका थिए ।