काठमाण्डु,२ भदौ– प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेश भएको छ ।
आज आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पेश गरेका हुन् ।
मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गरेका हुन् ।
यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। विधेयकमाथि सांसदहरूले धारणा राख्ने क्रम जारी छ ।