नक्कली भुटानी शरणार्थी प्रकरण: बेचनलाई थुनामा पठाउने अदालतको आदेश

काठमाण्डु टुडे २०८१ भदौ २ गते १५:३५ मा प्रकाशित

काठमाण्डु,२ भदौ– जिल्ला अदालत काठमाण्डुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

आज (आइतबार) न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

यस अघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए । जस अनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।

यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us