धादिङ, १ भदौ– अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ श्री ग्यास इकाई भेला थाक्रेमा सम्पन्न भएको छ ।
संजय लामाको सभापतित्वमा भएको भेलाको प्रमुख अतिथि अन्टुफ उपमहासचिव शिव पोख्रेल,अतिथिहरू पेशागत संघका केन्द्रिय उपाध्यक्ष राजकुमार महर्जन,उपमहासचिव जगत श्रेष्ठ, वागमती प्रदेश अध्यक्ष नवराज भट्ट, केन्द्रिय सदस्य दिपक बिडारी लगायतको अतिथ्यतामा भएको भेलाले शिव कुमार रेग्मीको अध्यक्षतामा ९ सदस्य कार्य समिति निर्वचित गरेको छ ।
यस्तै उपाध्यक्षमा वीरबहादुक लामा, सचिव श्रीराम सुवेदी, कोषाध्यक्ष तिलकप्रसाद सुवेधी,सदस्यहरूःकृष्णबहादुर थापा, रामकुमार सुबेदी, निर्मल लामा, रामराजा खतिवडा,निर्वाचित गरेको छ भने ईन्चार्जमा सानुकान्छा लो सुमनलाइ तोकिएको छ ।