दाङ, १ भदौ– प्रहरीले दाङको लमहीमा दुई युवती ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ अर्नहवाकी २४ वर्षीया श्रृजना कुँवर र २० वर्षीया कौशिला कुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा वडा कार्यालय लमहीबाट पुगेको प्रहरीले कुँवरको घर कोठा खानतलासी गर्ने क्रममा शुक्रबार बेलुकी १३० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरूका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।