आइतबार राष्ट्रियसभा बैठक, यस्तो छ कार्यसूची

काठमाण्डु टुडे २०८१ भदौ १ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, १ भदौ– भोली आइतबार सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्ने भएको छ । दिउँसो ११ स् १५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोश्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची रहेको छ ।

साथै बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूची रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us