नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डु टुडे २०८१ साउन ३२ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो ।

सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने बहस सकिसकेका छन् । सबै पक्षको बहस सकिएपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us