काठमाण्डु, ३२ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । आज शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाण्डु आइपुगेका हुन् ।