काठमाण्डु, ३२ साउन– सरकारले दुई वर्षसम्ममा पनि वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ ।
हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । बैठकले बाधा अड्काउ फुकाउ मार्फत उनीहरूको नवीकरण गर्ने निर्णय गरेको हो ।
अवस्था हेरेर उनीहरूको नवीकरण गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी दिएका छन । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनीहरूको नवीकरण गर्ने निर्णय गरेको जानकारी दिएका हुन ।
यसअघि गत वर्ष अन्तिम पटकको लागि भनेर बाधा अड्काउ मार्फत नै नवीकरण गर्ने निर्णय गरेको थियो । अन्तिम पटक भनिएकोमा यो पटक समेत मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।
यो पटक भने नवीकरण गर्दा उनीहरूमाथि आवश्यक अनुसन्धान गरेर मात्रै गरिने मन्त्री भण्डारीले जानकारी दिएका छन ।