काठमाण्डु, ३२ साउन– सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गी रहेको प्रहरीले जानकारी दिएको छ ।
गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कटवालले जानकारी दिएका छन । दुर्घटनामा ११ जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।