नेपाल आइपुगे अमेरिकी उपविदेशमन्त्री

काठमाण्डु टुडे २०८१ साउन ३२ गते ११:०४ मा प्रकाशित

काठमाण्डू, ३२ साउन- अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आएका छन् ।

व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरे ।

नेपाल बसाइमा उनले राजनीतिक नेतृत्वका साथै युएसएआइडीको लगानी रहेका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us