गुडिरहेको बस सडकबाट खस्दा दुई घरमा क्षति

काठमाण्डु टुडे २०८१ साउन ३२ गते ९:३६ मा प्रकाशित

डोटी, ३२ साउन– डोटीमा शुक्रबार बिहान गुडिरहेको बस सडकबाट खसेर दुई घरमा क्षति पुगेको छ ।
धनगढीबाट दिपायल जाँदै गरेको ना५ख ४४५१ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत दिपायल सिलगढी नगरपालिका–४ मा बिहान करिब ५ बजेको समयमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् । बसमा यात्रा गरेका बाहेक दुई स्थानीय पनि घाइते भएका छन् ।

डोटी प्रहरीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले घाइते सबैको राजपुरस्थित सुजन अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us