डोटीमा रात्रिबस दुर्घटना

काठमाण्डु टुडे २०८१ साउन ३२ गते ७:२७ मा प्रकाशित

डोटी, ३२ साउन– डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

धनगढीबाट बिहीबार साँझ छुटेको शैलेश्वरी यातायातको ना५ख४४५१ नम्बरको बस शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजना गम्भीर घाइते छन् ।

बस सडकबाट एक सय मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us