माओवादी बैठक सुरु, प्रचण्डले जवाफ दिँदै

काठमाण्डु टुडे २०८१ साउन ३१ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टीको मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेको महासचिव देव गुरुङले जानकारी दिएका छन ।

गत २५ साउनबाट सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

चार दिनसम्म चलेको छलफल र बहसमा नेताहरूले नीति, नेतृत्व र पार्टी निर्माणको सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए । बैठकमा उठेका प्रश्नको जवाफ प्रचण्डले दिएपछि बैठक आजै सकिने गुरुङले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us