
प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाण्डु, ३० साउन– पूर्व गृहमन्त्री एवं ९रास्वपाका सभापति रवि लामिछाने राजनीति दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम संक्रमणकालीन न्याय निरुपणलाई वर्षौसम्म अल्झाइएको दाबी गरेका छन ।
टीआरसी विधेयकमाथि आज बुधबार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले राजनीति दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम वर्षौ अल्झाइएको दाबी गरेका छन ।
उनले भने, ‘तत्कालीन माओवादी विद्रोहीले चार पटक सरकारको नेतृत्व गर्दा र नेपाली कांग्रेसले पटकपटक नेतृत्व गर्दा पनि परिणाम दिने काम भएन, ‘कार्यदल स्तरमा भएका सहमति अनुसार नै टीआरसी पारित गर्ने क्रममा छौँ ।’
उनले संशोधन विधेयकमा राखिएका मानवअधिकार उल्घंनका प्रावधानमा मेलमिलाप र क्षमादानको परिपाटी राखिएको भन्दै न्याय दिने संरचना आवश्यक रहने पनि बताए । उनले दलीय भागबण्डामा आयोग बनाइयो भने त्यसको औचित्य नभएको भन्दै निष्पक्ष आयोग बनाउनुपर्ने पनि बताएका छन । उनले भने, ‘कानुन आफैले न्याय दिने होइन, यसका लागि संरचना चाहिन्छ ।
ती संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ’, लामिछानेले भने, ‘फेरिपनि राजनीतिक स्वार्थका आधारमा भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले काम त गर्ला तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन ।’ उनले आयोगलाई नाममा मात्र नभई काममा पनि स्वतन्त्र र निष्पक्ष बनाउन अपिल समेत गरे ।
‘आयोगमा पीडित पक्षको पनि सहभागिता गर्न सकेको भए झनै राम्रो हुनेथियो । मेलमिलापका लागि पीडक पक्षले पीडितलाई दबाब र प्रभावमा पर्ने खतरा रहिरहन्छ’, लामिछानेले भने, ‘राजनीतिक नियुक्ति भएर आउने माहान्यायाधिवक्ताले आयोगमार्फत रायका लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना पनि रहन्छ । यसमा सचेतना आवश्यक छ ।’