बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने सडकमा भ्वाङ

काठमाण्डु टुडे २०८१ साउन ३० गते १२:२८ मा प्रकाशित

काठमाण्डु, ३० साउन– ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल–बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ ।

सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका छन । सडक भासिनुको कारण भने नखुलेको उनले जानकारी दिए ।

हालै काठमाण्डुको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेन सडक २४ साउनमा भासिएपछि सवारी आवागमन अवरुद्ध छ । त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us