प्रतिनिधिसभामा टीआरसी विधेयकमा छलफल हुँदै

काठमाण्डु टुडे २०८१ साउन ३० गते ८:२८ मा प्रकाशित

काठमाण्डु, ३० साउन– प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन( विधेयक, २०८१ लाई पारित गरियोस् भनी मन्त्री चौरसियाले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

टिआरसी विधेयमा सहमति जुटाउन प्रमुख तीन दलले गठन गरेको कार्यदलले २३ साउनमा शीर्ष नेतालाई प्रतिवेदन बुझाएको थियो । दलहरुले प्रतिनिधिसभाको जारी अधिवेशनबाटै विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us