काठमाण्डु, २८ साउन– गृहमन्त्री रमेश लेखक र भारतीय विदेश सचिव विक्रम मिश्रीबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
हिजो आइतबार नेपाल आएका उनले सोही दिन प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेट गरेका थिए । अफ्नो भ्रमण पुरा गरेर उनी आजै स्वदेश फर्किँने कार्यक्रम रहेको छ ।