प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ सुझाव: प्रदेश र जिल्ला समन्वय समिति खारेज गरौँ

काठमाण्डु टुडे २०८१ साउन २८ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, २८ साउन– रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन ।

मुकुलले आज सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या, खानेपानी सिँचाइ,मल र बजारको व्यवस्था गरी किसानको समस्या समाधान, अस्पतालसम्म पुग्ने पिच रोड, शिक्षामा क्यालेन्डर, सार्वजनिक खरिद ऐनमा सुधार, न्यायालय सुधार र संविधान संशोधन लगायतका बुँदा समेटेको सुझाव बुझाएका छन ।

‘इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज गर्नु उनको सुझाबमा उल्लेख गरीएको छ । जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश रहेको छ’, संविधान संशोधनका लागि डा. ढकालले दिएको सुझावमा उल्लेख गरीएको छ । त्यस्तै जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने डा. ढकालको सुझाव छ ।

साथै उनले एकपटक नागरिकता त्यागेको व्यक्तिलाई राज्यको महत्त्वपूर्ण उच्च ओहदामा नियुक्त हुँदा ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान आउन सक्ने भन्दै यो व्यवस्था संविधानमै राख्न सुझाव दिएका छन् ।

‘एक पटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरी नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई संविधानको धारा २८९९१० बमोजिम मनोनयन, वा नियुक्त हुन दिनुहुँदैन ।

वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्त्वपूर्ण उच्च ओहदामा नियुक्ति हुँदा, ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागि संविधानमै राखिन आवश्यक छ’, ढकालले दिएको सुझावमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us