
काठमाण्डु, १ भदौ– १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटमा नेपालले ओमानलाई १ सय २ रनले हराएकाे छ ।
रोयल सेलङ्गर क्लबमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमान ६२ रनमा अलआउट भयो । नेपाललार्इ जिताउन म्यान अफ द म्याच अनिल खरेलले १६ रन खर्चेर ६ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा १० विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । नेपालका लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक नटआउट ३२ रन जोडेका थिए ।
प्रतियोगितामा यसअघि नेपालले थाइल्याण्डलाई १० विकेट र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल सहित मलेसिया, थाइल्याण्ड, सिंगापुर, ओमान, बहराइन सहभागी छ ।