
काठमाण्डु, १ भदौ– इङग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुुरुवात गरेको छ । आरोन राम्सीको अन्तिम मिनेटको गोलको मद्धतमा आर्सनलले आफ्नो पहिलो खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो ।
खेलमा अग्रता भने क्रिष्टल प्यालेसले लिएको थियो । प्रशिक्षकविहीन रहेको प्यालेसले ३५ औं मिनेटमा ब्रेड ह्याङलण्डको गोलबाट अग्रता लिएको थियो ।
तर, पहिलो हाफको अन्तिम समयमा लौरेन्ट कोसिल्नीले आर्सनलका लागि बराबरी गोल फर्काए । उनले एलेक्स सान्चेजको फ्रि किक बलमा गोल गरेका हुन् ।
खेलको ८९ औं मिनेटमा प्यालेसका जसन पुन्चेओ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । लगतै राम्सीले क्लोज रेन्जबाट गोल गर्दै आर्सनललाई जित दिलाए ।