ओली सरकारमा दुई मात्र महिला

काठमाण्डु टुडे २०८१ असार ३१ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, ३१ असार–एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा दुई महिलाले मात्र मन्त्रीमा अवसर पाएका छन् ।

ओली सरकारमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र एमाले नेतृ विदा भट्टराई मन्त्री नियुक्त भएका छन् ।
राणालाई परराष्ट्र र भट्टराईलाई शिक्षा विज्ञान ताथ प्रविधिमन्त्रीको जिम्मेवारी दिइएको छ ।

संविधानले राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत ग्यारेण्टी भनेको छ । तर, दलहरुले मन्त्रिपरिषदमा महिलालाई अवसर दिन कञ्जुस्याईं गर्दै आएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सञ्चारमन्त्री रेखा शर्मा एक मात्र महिला थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us