प्रधानमन्त्री भएपछि ओलीले फेसबुकमा लेखेः सबैमा सम्मान, सबैलाई धन्यवाद

काठमाण्डु टुडे २०८१ असार ३० गते १८:३४ मा प्रकाशित

काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओलीले चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै सामाजिक सञ्जालमार्फत ओलीले सबैलाई सम्मान र धन्यवाद ज्ञापन गरे । ‘सबैमा सम्मान, सबैलाई धन्यवाद’, ओलीले फेसबुकमा लेखेका छन् ।

चौथोपटक मुलुकको कार्यकारी प्रधानमन्त्रीमा नियुक्त ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपतिबाट पथ तथा गोपनियताको सपथ लिनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us