काँग्रेस, एमाले र उन्मुक्तिले मागे मुख्यमन्त्रीको राजीनामा

काठमाण्डु टुडे २०८१ असार २९ गते १९:२३ मा प्रकाशित

काठमाण्डु, २९ असार– कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी उनीहरुले मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेको भन्दै राजीनामा मागेका हुन् ।
पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए ।
अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन,’ उनले भने ।
एमाले संसदीय दलका उपनेता सन्तोष थापा र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरे ।

संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएसँगै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल छ । प्रदेशसभामा अझैसम्म बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।
नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी
प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us