पहिरोले कर्णाली करिडोरमा यातायात ठप्प

काठमाण्डु टुडे २०८१ असार २९ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, २७ असार– कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजार नजिक वर्षसँगै गएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ ।

कालीकोट प्रहरीका डिएसपी अर्जुन केसीले पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिए ।

सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलाको काठेपुल बाढीले बगाएपछि कर्णाली करिडोरअन्तर्गत नै हुम्ला सडकखण्ड एक साताभन्दा बढी समयदेखि अवरुद्ध छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us