जुवातास खेलेको आरोपमा काठमाण्डुबाट २२ जना पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ ११ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– प्रहरीले काठमाण्डुबाट जुवातास खेलेको आरोपमा काठमाडौंबाट २२ जना पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसबाट ७ जनालाई प्रकाउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

होटल सचालिका गुरुङसहित ७ जनालाई ४७ हजार ४५० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको हो । यसैगरी प्रहरीले काठमाण्डुको गोकर्णेश्‍वर नगरपालिका–४ माकलबारी बस्ने देबराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाण्डुको कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार १ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us