
काठमाण्डु, २० चैत– भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङ गरेको छ ।
बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिलाएका हुन । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ ।
नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिन सफल भएका थिए ।