
काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ ।
शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाउन सफल भएको थियो ।
ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।