नामिबियासँग नेपाल २ विकेटले पराजित

काठमाण्डु टुडे २०८० फागुन ९ गते १५:२० मा प्रकाशित

काठमाण्डु, ९ फागुन– आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियासँग नेपाल २ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us