नामिबियाविरुद्ध आशिफको अर्धशतक

काठमाण्डु टुडे २०८० फागुन ९ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् । ५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गर्न सफल भएका थिए ।

४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३ रन बनाएका हुन । अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ ।

शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् । यसअघि नेपालले कुशल भुर्तेललाई १८, अनिल र देव खनाललाई शून्य रनमै गुमाएर दबाबमा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us