
काठमाण्डु, ५ फागुन– त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित निकालेको छ ।
आज (शनिबार) नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५ २ ओभरमा एक विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन बनाउन सफल भएका थिए ।