नेपाललाई पाँचौँ सफलता, सोमपाललाई तेस्रो विकेट

काठमाण्डु टुडे २०८० फागुन ३ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पाँचौँ सफलता हात पारेको छ । सोमपाल कामीले २ रन बनाएका जेन ग्रिनलाई आउट भएका हुन ।

यसअघि एकै ओभरमा दुई विकेट लिएका थिए । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।

यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेन र निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २४.१ ओभरमा ५ विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएको छ । नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us