नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाण्डु टुडे २०८० फागुन ३ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको दोस्रो विकेट पतन भएको छ ।

दुवै विकेट नेपलका ललित राजवंशीले लिएका हुन् । माइकल भान लिंगेन चौधौं ओभरको पहिलो बलमा लङअनमा अनिल साहबाट क्याच आउट भएका हुन् । उनी आउट हुँदा नामिबियाले ५४ रन बनाउन सपल भएको छ ।

उनले सन् २०२२ डिसेम्बरमा विन्डहोकमा १२१ र २०२३ फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा १३३ रन बनाउँदै नेपालविरुद्ध लगातार दुई शतक प्रहार गरेका थिए ।

यसअघि ललितले नामिबियाका अर्का ओपनर निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाएर अल आउट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us