
काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय क्रिकेटमा क्यानडाले दोस्रो विकेट गुमाएको छ । नेपालसँग जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको हो । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट खोसेका हुन ।
उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे । क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ । यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गर्न सफल भएका थिए ।